ईपीएस ४२.७९ रुपैयाँ रहेको विजय लघुवित्तले ६ महिनासम्म आइपुग्दा कति कमायो नाफा ?

४ बर्ष अगाडि

काठमाडौं - विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ६ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार उक्त नाफा  गत वर्षको यही अवधिको तुलनामा ६.११ प्रतिशतले कम हो । गत वर्ष यही अवधिमा कम्पनीले ७ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यो अवधिमा कम्पनीका सञ्चालन मुनाफा १२.३८ प्रतिशतले बढेर ९ करोड ६१ लाख रुपैयाँ भएको छ । गत वर्ष यही अवधिमा यस्तो मुनाफा ८ करोड ५५ लाख रुपैयाँमा सीमित थियो । 

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २३.२२ प्रतिशतले बढेर १९ करोड १५ लाख रुपैयाँ भएको छ । गत वर्ष यही अवधिमा यस्तो आम्दानी १५ करोड ५४ लाख रुपैयाँमा सीमित थियो ।

चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले ३ अर्ब १० करोड रुपैयाँ सापटी लिई ४ अर्ब ५९ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । गत वर्ष यही अवधिमा कम्पनीले २ अर्ब ८७ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ७ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ४२.७९ रुपैयाँ, पीई रेसियो ३४.०१ गुणा र प्रतिसेयर नेटवर्थ १६०.१३ रुपैयाँ रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया