मिथिला लघुवित्तले बिक्रीमा ल्यायो १० हजार कित्ता संस्थापक शेयर, ३५ दिनभित्र आवेदन दिनु पर्ने

४ बर्ष अगाडि

काठमाडौं - मिथिला लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको नामममा रहेको १० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । 

उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक कम्पनीका संस्थापक शेयरधनीले सूचना जारी भएको आजको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्ने छ । 

कम्पनीले एक सुचना जारी गर्दै आवश्यक कागजपत्र सहित कम्पनीको केन्द्रीय कार्यालय धनुषामा सम्पर्क गर्न आग्रह गरेको छ । उक्त समयमा संस्थापक शेयर खरीद गर्न कुनै पनि निवेदन नआएमा प्रचलित नियमानुसार अन्य ब्याक्तिलाई विक्री गर्ने कम्पनीले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया