काठमाडौं - आजसम्म कायम सेयरधनीहरुले मात्रै अजोड इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभामा भाग लिन पाउनेछन् ।
कम्पनीले वार्षिक साधारणसभा प्रयोजनार्थ भोलि (माघ २४ गते) बुक क्लोज गर्ने भएकोले आज माघ २३ गतेसम्म कायम सेयरधनीहरुमात्रै साधारणस भामा भाग लिन पाउने भएका हुन् ।
कम्पनीले आफ्नो चौथो वार्षिक साधारणसभा आउँदो फागुन ६ गते डोकेको छ । काठमाडौंको त्रिभुपरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा बिहान ११ बजेबाट भर्चुअल माध्यबाट सभा सुरु हुनेछ ।
सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी पारित गर्नेछ ।
सभाले आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ ।
प्रतिक्रिया