बुटवल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनासम्म आइपुग्दा १८ करोड १४ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सर्वजनिक गरेको चाल आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
उक्त नाफा गत आर्थिक वर्षको सोहि आवधिको तुलनामा ३१.१२ प्रतिशतले बढि हो । गत आवको यहि अवधिमा कम्पनीले १३ करोड ८३ लाख ९८ हजार रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको विद्युत् बिक्री आय र अन्य स्रोतबाट हुने आम्दानी बढेसँगै खुद नाफा बढेको हो । पुस मसान्तसम्म आइपुग्दा बुटवल पावरको चुक्ता पूँजी ३ अर्ब २४ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी वार्षिक ११.१८ रुपैयाँ छ । गत आवको यसैअवधिमा ९.३८ रुपैयाँ रहेकोमा १.८० रुपैयाँले बढेको हो ।
कम्पनीको अन्य इक्विटी ३ अर्ब ६४ करोड ८७ लाख १३ हजार रुपैयाँ छ । गत आवको यसै अवधमिा ३ अर्ब ९२ करोड ७८ लाख ५२ हजार रुपैयाँ रहेकोमा ७.०८ प्रतिशतले घटेको हो ।
कम्पनीको विद्युत बिक्रीको आम्दानी ४२ करोड ३१ लाख २२ हजार रुपैयाँ रहेको छ । गत आवको यहि अवधिमा कम्पनी विद्युत बिक्रीबाट ३९ करोड ३ लाख २० हजार रुपैयाँ आम्दानी गरेकोमा चालु आयको दोस्रो त्रैमासमा ८.४० प्रतिशतले बढेको हो ।
कम्पनीले यस अवधिमा अन्य स्रोतबाट २ करोड ६७ लाख ८ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवको यसै अवधिमा यस्तो आम्दानी १ करोड ६३ लाख ९५ हजार रुपैयाँ थियो ।
प्रतिक्रिया