काठमाडौं - आज आइतबार साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक बढेको छ ।
अघिल्लो कारोबार दिन गत बिहीबार १४.६० अंक घटेर २८७६.७४ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा ०.३० अंक बढेर २८७७.०४ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.५० अंक बढेको छ ।
आइतबार प्रि ओपन सेसनमा १४ कम्पनीको १ करोड ९७ लाख ९१ हजार ७८७ रुपैयाँ ३० पैसा बराबरको २९ हजार ९२५ कित्ता शेयर खरिदबिक्री भएको छ ।
प्रतिक्रिया