नेपाल लाइफ इन्स्योरेन्सले शेयरधनीलाई १४ प्रतिशत बोनस दिने, लाभांश कति ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाल लाइफ इन्स्योरेन्सले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १४.७३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

जसमध्ये १४ प्रतिशत बोनस शेयर रहेको छ भने ०.७३ प्रतिशत नगद लाभांश रहेको छ । बीमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

४ बर्ष अगाडि

प्रतिक्रिया