भोलीबाट काठमाडौंमा फाइजर खोपको दोस्रो मात्रा, तीन करोड ३८ लाख २६ बढि मात्रा खोपको प्रयोग

४ बर्ष अगाडि

काठमाडौं - काठमाडौँ महानगरपालिकाले कोरोना संक्रमणवाट क्षति न्युनीकरण गर्नका लागि सोमबारदेखी फाइजर खोपको दोस्रो मात्रा लगाउन भएको छ ।

जिल्ला खोप समन्वय समिति काठमाडौँको गत २० माघको निर्णयअनुसार महानगरपालिकाले फाइजरको दोस्रो मात्रा खोप लगाउने गरी ३२ वटा वडैमा व्यवस्था मिलाएको छ । 

काठमाडौं महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीका अनुसार शनिवारबाहेक बिहान १० बजेदेखि ४ः०० बजेसम्म फाइजरको दोस्रो मात्रामा खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

खोप समन्वय समितिको निर्णयअनुसार वडाले तोकेका सबन्धिन विद्यालयमा खोप केन्द्रमा लक्षित समूहमा १२ देखि १७ वर्ष उमेर समूहका पहिलो खोप लगाइ २१ दिन पूरा भएका बालबालिकाले मात्र सो खोप लगाउन पाउने छन् । 

पहिलो मात्रा खोप लगाएको खोप कार्डको साथमा नजिकको खोप केन्द्रमा जानुपर्ने गरी काठमाडौं महानगरपालिकाले सुचना जारी गरिसकेको छ ।

साथै नेपालमा अहिलेसम्म तीन करोड ३८ लाख २६ हजार ३ सय ३० मात्रा  खोपको प्रयोग भएको छ ।  जसमा १ करोड ७७ लाख ४० हजार ८ सय ३५ जनाले पहिलो मात्रा, १ करोड ५४ लाख ८२ हजार ८७ जनाले पूर्ण मात्रा र ६ लाख तीन हजार ४ सय ८ जनाले अतिरिक्त मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । 

विहिबार मात्रै झण्डै ६ लाख जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार शनिबार मात्रै ५ लाख  ८८ हजार ४ सय ४० जनाले कोरोना विरुद्धको खोप लगाएका हुन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया