काठमाडौं - गत साता नेप्से परिसूचक साढे ३ प्रतिशत बढेर बन्द भएको छ । अघिल्लो साता २७७९.९८ विन्दुमा बन्द भएको नेप्से, गत साता ९६.७६ अंक बढेर २८७६.७४ विन्दुमा बन्द भएको हो ।
५ कारोबार दिनामध्ये ४ कारोबार दिन खुलेको बजारमा दुई कारोबार दिन उकालो लागेसँगै नेप्से सो बराबरको अंक बढ्न पुगेको हो ।
यस अनुसार यस साता नेप्से उकालो लागेमा ३१०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ । त्यसैगरी, ओरालो लागेमा भने २७०० विन्दुमा टेवा पाउने देखिन्छ ।
गत साता नेप्सेको ५ दिने इएमए २० दिने इएमएभन्दा माथि रहेको छ । र यी दुई बीचको दूरी फराकिलो हुँदै गएको छ । यसले बजार अझै सकारात्मक रहेको र बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ ।
नेप्सेसँगै गत साता भोल्यूम पनि बढेको छ । गत साता नेप्सेमा दैनिक औषतमा ६ अर्ब ६६ करोडको शेयर खरिदबिक्री भएको छ । नेप्सेको २० दिने औषत भोल्यूम ६ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ०.४१ प्रतिशत बढी हो ।
प्रतिक्रिया