काठमाडौं - सारेगामापा लिटिल च्याम्प्स नेपाल पहिलो सिजनको विजेता कृपा पौडेल भएकी छन् ।
आइतबार बिहान २ बजे घोषणा भएको प्रतियोगितामा उनी दर्शक र श्रोताको भोटिङको आधारमा विजेता घोषित भएकी हुन् ।
प्रतियोगितामा दावेदार मानिएका आदित्य विश्वकर्मा सेकेन्ड रनर अप र रोशा फुयाल फस्ट रनर अप भए । अभिज्ञा घिमिरे र अरुण सुनार टप फाइभ भित्र पर्न सफल भए ।
प्रतिक्रिया