काठमाडौं - पिपुल्स इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको हो ।
कम्पनीको चौधौँ वार्षिक साधारण सभा फागुन १८ गते पिपुल्स इन्भेष्टमेन्ट कम्पनी लिमिटेड, ट्रेड टावर, थापाथली, काठमाडौंमा बिहान १०:३० बजेबाट सुरू हुनेछ । सभामा चुक्ता पूँजीको १:०.३० अनुपातमा अर्थात ३० प्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृत गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने १४ औँ वार्षिक प्रतिवेदन पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन आर्थिक वर्ष २०७७/०७८ आषाढ मसान्तको वासलात, नाफा(नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरि पारित गर्नेछ ।
कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/७९ को लेखापरिक्षण कार्यको लागि लेखा परिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको नियमावली बमोजिम ७ जना सञ्चालक समितिको निर्वाचन गर्ने सामान्य प्रस्तावहरू पारित गरिनेछ ।
प्रतिक्रिया