फागुन एक बाट एचआइडिसिएलले नबिकेको तीन अर्ब ३० करोडको हकप्रद फेरी बिक्री गर्ने

४ बर्ष अगाडि

काठमाडौं - हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी ९एचआइडिसिएल० ले संस्थापक समुह तर्फको नबिकेको हकप्रद शेयर फेरी बिक्री गर्ने भएको छ । कम्पनीले बिक्री हुन नसकेको तीन अर्ब ३० करोड रुपैयाँको हकप्रद फेरी बिक्री गर्ने भएको हो । 

सोही हकप्रद शेयर बिक्रीका लागि कम्पनीले फागुन १ गतेदेखि बोलकबोल आह्वान गरेको छ । लगानीकर्ताले फागुन १५ गतेसम्म बोलकबोलका लागि आवेदन दिन सक्ने छन् । 

कम्पनीको संस्थापकले शेयर खरिद नगरेकाले ठूला लगानीकर्ताले लगानी गर्ने अवसर पाउने भएका हुन् । कम्पनीले साउन ५ गतेदेखि भदौ ८ गतेसम्म १:१ को अनुपातमा हकप्रद शेयर निष्कासन गरेको थियो ।

आवेदकले न्यूनतम १०० रुपैयाँदेखि बोलकबोल आवेदन दिन सक्नेछन् । न्यूनतम १०० कित्तादेखि अधिकतम कित्ताको लागि हद तोकिएको छैन । ५ लाख रुपैयाँ भन्दा बढीको आवेदन दिनेले प्यान नम्बर अनिवार्य पेश गर्नु पर्नेछ । 

बोलपत्रका आवेदन ग्लोबल आइएमई क्यापिटल नक्सालबाट दिन सकिनेछ । तत्कालीन समयमा रित पुर्वक आवेदन दिनेहरूलाई शेयर बाँडफाँड गरिसकेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया