अरूण भ्याली हाइड्रोपावरले काबेली पावरको २२ लाख ३२ हजार बढि कित्ता सेयर बिक्री गर्ने

४ बर्ष अगाडि

काठमाडौं - अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले अरूण काबेली पावर कम्पनी लिमिटेडको सेयर बिक्री गर्ने भएको छ ।  कम्पनीले अरूण काबेली पावरको २२ लाख ३२ हजार ५ सय ७० कित्ता सेयर बिक्री गर्ने भएको हो । 

कम्पनीले एक सुचना जारी गर्दै कम्पनीको वृद्धिलाई ध्यानमा राखी आवश्यकता तथा औचित्यताको आधारमा दोस्रो बजारमा बिक्री गर्ने निर्णय भएको जानकारी गराएको छ । 

साथै उक्त सुना विद्युत नियमन आयोगले जारी गरेको विद्युत सम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्कासनको पूर्व स्वीकृती तथा नियमनसम्बन्धी निर्देशिका, २०७८ को दफा ११ अन्तर्गत सर्वसाधारणको जानकारीको लागि प्रकाशित गरिएको जानकारी दिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया