सूर्या लाइफद्धारा ६ महिनामा तीन अर्ब १८ करोड बीमा शुल्क आर्जन, ४४ करोड ६० लाख दाबी भुक्तानी

४ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक सम्ममा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले खुद बीमा शुल्क तीन अर्ब १८ करोडल रुपैयाँ आर्जन गरेको छ ।  उक्त शुल्क ३.८४ प्रतिशतले बढेको हो । 

यस्तै सोहि अवधिमा कुल बीमा शुल्क भने २ अर्ब ५० करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । उक्त बीमा शुल्क  ७।७१ प्रतिशतले बढेको हो । कम्पनीको मुनाफामा भने २२.१६ प्रतिशतले गिरावट आएको छ । 

कम्पनीले चाले आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मा १५ करोड ६६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ जवकी गत वर्षको यहि अवधिमा २० करोड १२ लाख रुपैयाँ मुनाफा थियो ।

बीमालेख संख्या ६.४२ प्रतिशतले बढेको छ । कम्पनीले हालसम्म जारी गरेको बीमालेख संख्या तीन लाख ४७ हजार पुगेको छ । गत वर्षको यहि अवधिम तीन लाख २६ हजार मात्रै थियो । दाबी भुक्तानी यस वर्ष १३.६२ प्रतिशतले बढेको छ । 

कम्पनीले ६ महिनाको अवधिमा ४४ करोड ६० लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । कम्पनीले अझै एक करोड ६६ लाख रुपैयाँको दाबी भुक्तानी गर्न बाँकी छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया