पुष्पाको हिन्दी संस्करणले कमायो १०० करोड भारु

३ बर्ष अगाडि

एजेन्सी - साउथको सुपरहिट फिल्म ‘पुष्पाः द राइज’ को हिन्दी संस्करणले १०० करोड भारु कमाएको छ ।

गोल्डमाइन्स टेलिफिल्म्सले आफ्नो ट्विटर अकाउन्टमा फिल्म ‘पुष्पा’ को पोस्टर शेयर गरेको छ, जसमा यो फिल्मको हिन्दी संस्करणको १०० करोड भारु कमाएको जानकारी दिइएको छ ।

यो फिल्म हलमा रिलिज भएको लामो समय भइसकेको छ । यो फिल्म १७ डिसेम्बरमा रिलिज भएको थियो । यति लामो समय बितिसक्दा पनि यो फिल्मको कमाइ जारी छ ।

फिल्ममा साउथ सुपरस्टार अल्लु अर्जुन छन्, जसको अभिनय र शानदार स्टाइलले फ्यानको मन जितेको छ । यता, अभिनेत्री रश्मिका मन्डन्नालाई पनि दर्शकले निकै रुचाएका छन् । जसका कारण पनि यो फिल्मको कमाइले रेकर्ड तोडिरहेको छ ।

अल्लु अर्जुन र रश्मिका मन्डन्नाको यो फिल्मलाई हिन्दी क्षेत्रका दर्शकले पनि खुब मनपराएका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया