पछिल्लो २४ घण्टामा १७१४ जनामा कोरोना पुष्टि हुँदा ९को मृत्यु, सक्रिय संक्रमित ५२ हजार बढि

४ बर्ष अगाडि

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५१३ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्या कोरोना भाइरस संक्रमित थपिएका हुन् ।

त्यस्तै आज ४ हजार ७७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ लाख नाघेको छ । मन्त्रालयका अनुसार अहिलेसम्म ९ लाख ६३९ जना निको भएका छन् ।

कोरोनाका कारण थप ९ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ८ सय ३ पुगेको छ । देशभर ५२ हजार ७८० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया