नेपाली बजारमा हुन्डाईले नयाँ इलेक्ट्रिक गाडी ल्याएको छ । कम्पनीले औपचारीक रुपमा गाडी सार्वजनिक नगरेपनि नेपालमा हुन्डाईको बहुप्रतीक्षित इलेक्ट्रिक कार आइपुगेको छ ।
लोमो समयको पर्खाइमा यो गाडी लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाली बजारमा यो गाडी भित्र्याएको हो । यसअघि नेपालमा ल्याएको हुन्डाई कोना इलेक्ट्रिक गाडीले ठूलै लोकप्रियता कमाएपछि कम्पनीले आयोनीक ५ ल्याएको हो ।
हाल हुन्डाईको अल–न्यु बोल्ड, युनिक र डाइनामिक आयोनिक ५ ले नेपाली बजारमा एउटा नयाँ पहिचान कायम गर्ने बताइन्छ । आकर्षक फिचर र बोल्ड लुक्स नै यो गाडीको मुख्य बिशेषता हो । हुन्डाईले नेपाली बजारमा यो गाडी केहि दिन भित्रै सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
ग्लोबल मोडुलर प्लेटफर्म (ई–जीएमपी) ब्याट्री इलेक्ट्रिक भेइकल प्लेटफर्ममा बनाइएको पहिलो कारसमेत रहेको आयोनीक ५ले सन् २०२१ को टप गियर इलेक्ट्रिक अवार्ड समेत जितेको थियो ।
ग्लोबल मोडुलर प्लेटफर्म (ई–जीएमपी) मा बनाइएको इलेक्ट्रिक भएको कारण पनि हुन्डाई आयोनिक ५ इलेक्ट्रिकमा ५८ र ७२.६ किलोवाट आवरका दुई ब्याट्री प्याक अप्सनमा उपलब्ध गराएको छ ।
अल ह्विल र रियर ह्विल ड्राइभमा समेत दिइएको यो गाडीले रियर ह्विल ड्राइभ र ७२.६ किलोवाट आवर भर्सनले सिंगल चार्जमा ४८१ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । दई ओर्ट ब्याट्री प्याक अप्सनलाई १८ मिनेटमै १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको दाबी छ ।
यो गाडी एकपटक चार्ज गरेपछि तीन सय ११ किलो मिटरसम्मको यात्रा तय गर्न सक्छ । आयोनिक ५ को भित्रि पार्ट पनि आकर्षक बनाइएको छ । लग्जरी सिट, दुई ड्राइभिङ मोड, लाइटिङ सिस्टम, एलइडि डिस्प्ले, ७ ओटा साइड स्पिकरलगायतका फिचर यो गाडीमा उपलब्ध छ ।
नेपाली बजारमा उपलब्ध भर्सन र यसको मूल्यकोबारेमा कम्पनीले हालसम्म औपचारीक जानकारी दिएको छैन । तर, नेपाली बजारमा यो गाडीको मुल्य ८५ लाखसम्म तोक्न सक्ने अनुमान गरिएको छ।
प्रतिक्रिया