काठमाडौं - जानकारी फाइनान्सको लाभांश सुरक्षित गर्ने भोली अन्तिम दिन रहेको छ ।
फाइनान्सले साधारण सभा प्रयोजनको लागि माघ २४ गतेदेखि फागुन ६ गतेसम्म बुक क्लोज गरेकाले (भोली) माघ २३ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र ०.७८९५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव पारितका लागि कम्पनीले आगामी फागुन ७ गते साधारण सभा आयोजना गरेको छ । सभा होटल मानकी इन्टरनेशनल प्रालि, शिवचौक जनकपुरधाममा बिहान १० बजे शुरु गर्ने जानकारी गराएको हो ।
त्यसैगरी, सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै पाँच जना सञ्चालकहरु संस्थापकहरुबाट तिन जना र सर्वसाधारणबाट २ जना गरी पाँच जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित ग
प्रतिक्रिया