भोलीसम्म कायम शेयरधनीले मात्र लाइफ इन्स्यारेन्स कर्पोरेशनको लाभांश पाउने, कति ?

४ बर्ष अगाडि

काठमाडौं - लाइफ इन्स्यारेन्स कर्पोरेशन नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने भोली अन्तिम दिन रहेको छ । 

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि माघ २४ गतेदेखि फागुन ११ गतेसम्म बुक क्लोज गरेकाले भोली माघ २३ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । 

कम्पनीले आव २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १।०५३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । 

यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन ११ गते साधारण सभा आयोजना गरेको छ । सभा एलआईसी शिक्षालय हल, नक्साल काठमाडौंमा बिहान ११स्१५ बजे शुरु हुने जानकारी गराएको हो । 

साथै सभाले संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको कुल १० प्रतिशत संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिवर्तन गर्ने र सोही अनुसार प्रबन्धपत्र र नियमावलीमा आवश्यक संसोधन गर्ने प्रस्ताव पारित गर्नेछ । 

कारोना महामारीका कारण सभा भर्चुअल माध्यमबाट हुने जानकारी दिएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया