एजेन्सी - ब्राजिलियन फरवार्ड नेमार जुनियरले आज आफ्नो जन्मदिन मनाउँदै छन् । ब्राजिल साओ पाओलोमा जन्मिएका नेमार आजदेखि ३० वर्षमा प्रवेश गरेका छन् ।
नेमारले बार्सिलोनाबाट ला लिगा, च्याम्पियन्स लिगजस्ता प्रतिष्ठित लिग जितेका छन् । नेमार हाल पीएसजीबाट खेलिरहेका छन् । पीएसजीबाट लिग वानको उपाधि जितिसकेका नेमार विश्वमा हाल सबैभन्दा बढी स्किल भएका खेलाडीको रुपमा चिनिन्छन्।
सम्पत्तिका हिसाबले एक सातामा नै लाखौं डलर कमाउने नेमार बार्सिलोनाबाट कीर्तिमानी रकममा पीएसजी गएपछि उनको चर्चा चुलिएको हो ।
तर घाइते हुनु उनको दुर्भाग्य रहँदै आएको छ । सन् २०१४ को विश्वकप र २०१८ को दुवै विश्वकपमा घाइते भएका नेमारले सोचेजस्तो प्रदर्शन गर्न सकेनन् ।
घाइते हुँदा उनको बालुन डिओर उपाधि जित्ने धोको पुरा हुन सकेको छैन ।
प्रतिक्रिया