एशियन लाइफको सञ्चालक भत्ता घट्यो, कति ?

४ बर्ष अगाडि

काठमाडौं - एशियन लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालकहरुको भत्ता तथा अन्य खर्च घटेको छ । 

कम्पनीले सार्वजनिक गरेको लेखापरीक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६र/७७ मा संचालक समितिका पदाधिकारीहरुले जम्मा ८ लाख ७३ हजार ५५९ रुपैयाँ मात्रै बुझेका छन् । 

जवकी यस भन्दा अघिल्लो आर्थिक वर्ष २०७/७६ मा यस्तो खर्च १२ लाख ९७ हजार ४३९ रुपैयाँ मात्रै थियो ।त्यस्तै अन्य समिति तर्फको खर्च पनि घटेको छ । 

अन्य उपसमितिका सञ्चालकहरुले जम्मा ९६ हजार रुपैयाँ मात्रै भत्ता बुझेका छन् । जवकी अघिल्लो वर्षमा यस्ता उपसमितिका पदाधिकारीहरुले एक लाख ५६ हजार रुपैयाँ बुझेका थिए ।

प्राय सबै बीमा कम्पनीहरुको सञ्चालक खर्च बढ्दै गर्दा एशियन लाइफको भने घटेको पाइएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया