काठमाडौं । भारतबाट आयात भइरहेको विद्युत् खरिद सम्बन्धी सम्झौता यही चैत १७ गतदेखि सकिने भएको छ ।
गत माघ १७ गते भएको सम्झौता सकिने लागेको हो ।
प्राधिकरणले पछिल्लो पटक तीन महिनाका लागि मात्रै विद्युत् खरिद सम्झौता नविकरण गरेको थियो ।
विद्युत् व्यापार निगमसँग गरेको सम्झौता किन लागेपछि प्राधिकरणले सम्झौता नविकरणको तयारी गरेको छ ।
सम्झौता न्िवकरणका लागि प्राधिकरणले आन्तरिक तयारी गरिरहेको छ ।
प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले आन्तरिक तयारी भइरहेको सम्झौता नविकरणका लागि प्राधिकरणको उच्चस्तरीय टोली भारत जाने तयारी गरिरहेको छ ।
ढल्केबर– मुजफ्फरपुर अन्तरदेशिय प्रसारण लाइनबाट आयात भइरहेको विद्युत्का बारेमा नै निर्णय गर्नुपर्ने देखिएको छ ।
भारतले नेपाललाई उपलब्ध गराउने विद्युत् मध्ये सबैभन्दा सस्तो विद्युत् सोही अन्तरदेशिय प्रसारण लाइनबाट खरिद गरिएको छ । सो प्रसारण लाइनबाट प्रतियुनिट ३ रुपैयाँ ६० पैसा भारतीय रुपैयाँमा आयात भइरहेको छ । त्यो भनेको नेपाली मुद््रामा ५ रुपैयाँ ६७ पैसा हो ।
नेपालले खरिद गर्ने विद्युत्मा १३२ केभी प्रसारण लाइन क्षमताको प्रसारण लाइनबाट आयात भएको विद्युत् मात्रै सस्तो रहेको छ । ३३ केभी र ६६ केभी प्रसारण लाइनबाट आयात भएको विद्युत्को मूल्य सबैभन्दा बढी रहेको छ ।
ती प्रसारण लाइनबाट आयात हुने विद्युत् प्रतियुनिट १० रपैयाँको हाराहारीमा रहेको छ ।
भारत सरकारको विद्युत् व्यापारका दलाल एजेन्सीले सस्तो दरमा विद्युत् उपलब्ध गराउन नसक्ने प्राधिकरणलाई यसअघि नै जानकारी दिएको छ ।
तर प्राधिकरणले केही समय नेपाललाई पूरानै मूल्यमा विद्युत् उपलब्ध गराइदिन आग्रह गर्दै आएको छ ।
नेपालले हाल भारतबाट करिब ४५० मेगावाट विद्युत् आयात गरिरहेको छ । त्यसमा ठूलो क्षमताको अन्तरदेशिय प्रसारण लाइनबाट आयात गरिएको विद्युत् ढल्केबर– मुजफ्फरपुर अन्तरदेशिय प्रसारण लाइनबाट नै हो ।
सो प्रसारण लाइनलाई ४०० केभीमा चार्ज गर्न सकिने भएपनि नेपाल तर्फ ढल्केबरमा सवस्टेशन निर्माण हुन नसक्दा समस्या उत्पन्न भएको छ ।
चिनियाँ ठेकेदारले करिब ६ प्रतिशत काम सम्पन्न नगरिकन आयोजनाको काम अलपत्र छाडेको थियो ।
प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले विद्युत् खरिद सम्झौता नविकरणको आन्तरिक तयारी भइरहेको र केही दिन भित्रै प्राधिकरणको टोली भारत जाने जानकारी दिए ।
नेपालले रक्सौल परवानीपुर, कुशाहा कटैयाँ, टनकपुर, बुटवल आनन्दपुरलगायतका १० स्थानबाट विद्युत् आयात गर्दै आएको छ । नेपालको ऊर्जा संकट समाधानका लागि भारतबाट विद्युत् आयात भइरहेको सन्दर्भमा भारतीय ऊर्जा दलाल कम्पनीको अनावश्यक शर्तले पनि कहलिे काही समस्या पार्ने गरेको स्रोतको दावी छ ।
तर समसया समाधानका लागि प्राधिकरणले गरेको प्रयास सार्थक र सहज नै हुँदै आएको छ । माथिल्लो तामाकोशी जस्ता आयोजना निर्माण सम्पन्न नहुँदासम्म भारतबाट विद्युत् आयात गरिरहनुपर्ने वाध्यतामा प्राधिकरण रहेको छ ।
प्रतिक्रिया