अब शाखारहित बैंकिङ सेवा सञ्चालन गर्दा राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागलाई जानकारी गराउनुपर्ने

४ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका लागि शाखारहित बैंकिङ सेवा तथा आधिकारिक प्रतिनिधि तोक्ने सम्बन्धमा नयाँ व्यवस्था लागू गरेको छ ।

केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले शुक्रबार एक परिपत्र जारी गर्दै शाखारहित बैंकिङ सेवा सञ्चालन तथा आधिकारिक प्रतिनिधि तोक्ने सम्बन्धमा नयाँ व्यवस्था गरिएको जानकारी गराएको हो । 

अब सोहीअनुसार गर्न तथा गराउन बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले निर्देशन दिएको छ । नयाँ व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाहरुले संस्था स्वयं वा संस्थाद्वारा नियुक्त व्यावसायिक आधिकारिक प्रतिनिधि (एजेन्ट) मार्फतसमेत शाखारहित बैंकिङ सेवा सञ्चालन गर्न सक्नेछन् । 

बैंक तथा वित्तीय संस्थाले शाखारहित बैंकिङ सेवा सञ्चालन गर्दा राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागलाई जानकारी गराउनुपर्नेछ । ग्राहकको खाताको मौज्दात वा कारोबार विवरण प्रदान गर्ने र स्वीकृत कर्जा रकम भुक्तानी दिने तथा किस्ता रकम जम्मा गर्नुपर्नेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया