६ महिनामा नेपाल हाइड्रो डेभलोपरले कमायो २ करोड ३१ लाख बढि नाफा, विद्युत बिक्रीबाट हुने आम्दानीमा उल्लेख्य सुधार

३ बर्ष अगाडि

काठमाडौं - नेपाल हाइड्रो डेभलोपर लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनासम्म आइपुग्दा २ करोड ३१ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ९६.१९ प्रतिशतले बढी हो । कम्पनीले गत आवको यसै अवधिसम्ममा १ करोड १८ लाख ५ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

साथै यस अवधिसम्ममा कम्पनीले विद्युत बिक्रीबाट हुने आम्दानीमा पनि उल्लेख्य सुधार गरेको छ । गत आवमा ४ करोड ३३ लाख रुपैयाँ विद्युत बिक्री आमदानी गरेको कम्पनीले यस अवधिसम्ममा २६.६७ प्रतिशतले बढेर ५ करोड ४९ लाख १२ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै संचालन नाफा पनि यस अवधिमा १९।.८२ प्रतिशतले बढेर ४ करोड ४१ लाख पुगेको छ । गत आवको यसै अवधिसम्ममा ३ करोड ६८ लाख रुपैयाँ मात्र आर्जन गरेको थियो । यस अवधिसम्ममा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी र संचालन नाफामा बृद्धि भएसँगै नाफा बढ्न पुगेको हो ।

यस अवधिसम्ममा कम्पनीको चुक्तापूँजी २६ करोडबाट बृद्धि भएर ३१ करोड ९९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको यस अवधिसम्ममा वार्षिकी प्रतिशेयर आम्दानी १४.९८ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ ७९ पैसा रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया