काठमाडौं - ताप्लेजुङ जिल्ला मेरिङदेन गाउपालिका ४ लिङ्तेपका १२ वर्षीय तान्छोहाङ लिम्बू युथ एकेडेमीमा पर्न सफल भएका छन् । एन्फाद्धरा युथ एकेडेमीका लागी देश भरीबाट छनौट गरिएका मध्ये तान्छोहाङ युथ-१३ को उत्कृष्ट ४२ मा पर्न सफल भएका हुन् ।
उक्त छनौटमा देश भरिबाट पहिलो चरणमा ९०० जना, दोस्रो प्रदेश स्तरीयमा ४६० जना र अन्तिम चरण केन्द्रिय छनौटमा १६६ जना सहभागी रहेका थिए ।
छनौट भएका खेलाडीहरूलाई गोलाप्रथाको माध्यमद्वारा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी र एपिएफको एकेडेमिमा राखिने छ । जसमा तान्छोहाङ भने पुलिसको एकेडेमिमा पर्न सफल भएका एन्फा ताप्लेजुङका प्रशिक्षक डीके मादेनले जानकारी दिए।
ताप्लेजुङबाट तान्छोहाङ छनौटमा पर्न सफल हुनु गौरवको विषय भएको उनले बताए ।
प्रतिक्रिया