काठमाडौं - सरकारले एक(दुई दिनभित्रै स्थानीय तहको चुनावको मिति घोषणा गर्ने भएको छ ।
निर्वाचनका लागि कम्तिमा ९० दिनको समय चाहिने जानकारी निर्वाचन आयोगले गरेपछि सरकार मिति घोषणाको तयारीमा जुटेको हो ।
आयोगले प्रस्ताव गरेकै जेठ चार गते एकै चरणमा निर्वाचन गर्ने गरी मिति घोषणा गर्ने तयारीमा प्रधानमन्त्री शेरबहादुर देउवा जुटेका हुन् । यसका लागि उनले सत्ता साझेदार दल र सरोकारवालासँग परामर्श गरिरहेको सचिवालयले जनाएको छ ।
अब बस्ने मन्त्रिपरिषद बैठकवाट निर्वाचन मिति घोषणा गर्ने गरि तयारी भैरहेको बताइएको छ । सम्भवत सोमबार बस्ने मन्त्रिपरिषद बैठकले निर्वाचन मितिबारे निर्णय गर्ने बताइएको छ ।
स्थानीय तहको चुनावबाट निर्वाचित पदाधिकारीहरुको पदावधि आगामी जेठ ५ गते सकिँदै छ ।
प्रतिक्रिया