काठमाडौं - प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालमा आवद्ध वैदेशिक रोजगार व्यवसायीहरूले म्यानपावर कम्पनीलाई वर्गीकरण गर्ने गृहकार्य फिर्ता लिन माग गरेका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर कम्पनीलाई वर्गीकरण मापदण्ड बनाउन बिहीबार सहसचिव राजिव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको थियोे ।
कार्यदलमा वैदेशिक रोजगार कार्यालयका प्रमुख, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक तथा म्यानपावर कम्पनीका प्रतिनिधि सदस्य रहने मन्त्रालयले जनाएको छ । कार्यदलले म्यानपावर कम्पनीलाई विभिन्न समूहमा वर्गीकरण गर्न मापदण्ड तथा सूचकहरु तयार गर्ने बताइएको छ ।
प्रतिक्रिया