एक दिनमा बैंक तथा वित्तीय संस्थाहरुबाट १ अर्ब रुपैयाँ कर्जा लगानी, निक्षेप कति ?

४ बर्ष अगाडि

काठमाडौं - बैंकिङ प्रणालीमा पछिल्लो समय निक्षेप र कर्जाको अवस्था सामान्य रहेको छ । 

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार माघ २० गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४८ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ । गत माघ १९ गतेसम्म कुल निक्षेप ४८ खर्ब ६८ अर्ब रुपैयाँ रहेको थियो । यो हिसाबले माघ २० गते निक्षेप १ अर्ब रुपैयाँले बढेको छ।

वाणिज्य बैंकहरुको निक्षेप पनि माघ २० गते १ अर्ब रुपैयाँले मात्र बढेको देखिएको छ । गत माघ १९ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ६ अर्ब रुपैयाँ रहेकोमा माघ २० गतेसम्म बढेर ४३ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ । 

यो एक दिनमा बैंक तथा वित्तीय संस्थाहरुबाट १ अर्ब रुपैयाँ कर्जा लगानी भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । गत माघ १९ गतेसम्म कुल कर्जा लगानी ४६ खर्ब ७० अर्ब रुपैयाँ रहेकोमा माघ २० गतेसम्म बढेर ४६ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ । 

वाणिज्य बैंकहरुको कर्जा लगानी भने यो दिन स्थिर देखिएको छ । गत माघ १९ गते कुल कर्जा लगानी ४१ खर्ब ४९ अर्ब रुपैयाा रहेकोमा माघ २० पनि कुल कर्जा लगानी ४१ खर्ब ४९ अर्ब रुपैयाँ नै रहेको छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया