आज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोको जन्मदिन, कति वर्ष पुगे ?

३ बर्ष अगाडि

एजेन्सी - पर्चुगलका कप्तान तथा म्यानचेस्टर युनाइटेडका स्टार क्रिस्टियानो रोनाल्डोले आज आफ्नो जन्मदिन मनाउदै छन् । रोनाल्डले आज आफ्नो ३७औं जन्मदिन मनाउदै छन् । 

सन् १९८५ फेब्रुअरी ५का दिन रोनाल्डो पोर्चुगलको फञ्चल, म्याडेइराको एक बस्ती सान्तो आन्तोनियोमा माता मारिया डोलोरेस डस सान्तोस अभेइरो र पिता होजे डिनिस अभेइरोका कान्छा सन्तानको रूपमा भएको थियो ।

उनले सन २००८ मा पहिलो पटक फिफा बेलोन डी ओर र फिफा विश्व वर्ष खेलाडीको उपाधि जित्न सफल भएका थिए। उनले चार पटक बेलन डि ओर जितिसकेका छन् । 

उनी युरोपको उत्कृष्ट ५ लिग, युइएफए च्याम्पियन्स लिग र युइएफए युरोका सर्बाधिक गोलकर्ता हुन भने युइएफए च्याम्पियन्स लिगको एक सिजनमा सर्बाधिक गोल गरेको किर्तीमान पनि उनकै नाममा छ ।

उनी चारपटक युरोपेली गोल्डेन जुत्ता जित्ने पहिलो खेलाडी हुन् । सन २०१५ मा आफ्नो खेल जीवनको ५०० औँ गोल गरेका उनले क्लब र राष्ट्रिय टोलीबाट हालसम्म ८०० भन्दा बढी गोल गरिसकेका छन् । 

उनीले राष्ट्रिय फुटबल टोलीको सबैभन्दा धेरै खेल खेल्ने र सर्बाधिक गोल गर्ने खेलाडी पनि हुन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया