काठमाडौं - यो साता एक कम्पनीको मात्रै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर मूूल्य सामायोजन भएको छ । यो साता शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको हो ।
कम्पनीको ३० प्रतिशत हकप्रद सेयरपछि नेप्सेले प्रतिकित्ता एक हजार ५ सय ५० रूपैयाँ ७७ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य एक हजार ९ सय ८६ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजी १०:३ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
प्रतिक्रिया