काठमाडौं - नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायक विच सानो रकम भुक्तानीमा अन्तर आवद्धता गर्न सकिने भएको छ । केन्द्रीय बैंकले शुक्रबार निर्देशन जारी गर्दे भुक्तानी सम्बन्धी थप नयाँ व्यवस्था गरेको हो ।
राष्ट्र बैंकका अनुसार तत्कालका लागि यो व्यवस्था अनुमति प्राप्त भुक्तानी प्रणाली संचालक र सेवा प्रदायकहरुबाट संचालित साना मूल्यका भूक्तानी उपकरण तथा सेवा जस्तै मोबाइल बैंकिङ, मोबाइल वालेट, क्यूआर कोडमा लागू हुनेछ ।
भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकहरूले अन्तरआवद्धता सेवा दिँदा प्राप्त तथ्यांकको सुरक्षा तथा गोपनियता कायम गर्नुपर्ने व्यवस्था गरेको छ । तोकिएको सेवा प्रवाह गर्दा बाहेक अन्यत्र त्यस्तो तथ्यांकको प्रयोग नगर्न समेत केन्द्रीय बैंकले जारी गरेको निर्देशनमा उल्लेख छ ।
साना मूल्यका भुक्तानी प्रणालीमा आवद्ध अन्य सहभागी संस्था र राष्ट्र बैंकले समय समयमा गर्ने साना मूल्यका भुक्तानी प्रणाली अन्तर्गत पर्ने गरी परिभाषित गरेको कुनै पनि साना भुक्तानी उपकरणमा लागू हुनेछ ।
त्यसैगरी अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवाप्रदायक संस्थाले यस सम्बन्धी अन्तर्राष्ट्रिय असल अभ्यासद्वारा स्थापित प्राविधिक तथा व्यावसायीक मापदण्डहरुको पालना गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
प्रतिक्रिया