यस साता नेप्से परिसूचक साढे ३ प्रतिशत बढेर बन्द, दैनिक औषत कारोबार ८७ करोड

४ बर्ष अगाडि

काठमाडौं - यस साता नेप्से परिसूचक साढे ३ प्रतिशत बढेर बन्द भएको छ । गत साता २७७९.९८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ९६।७६ अंक बढेर २८७६.७४ विन्दुमा बन्द भएको छ ।

५ कारोबार दिनमध्ये ४ कारोबार दिन खुलेको बजारमा दुई कारोबार दिन उकालो लागेसँगै नेप्से सो बराबरको अंक बढ्न पुगेको हो । यस साता सेन्सेटिभ इण्डेक्स ४.०३ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ३।१७ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.४४ प्रतिशत बढेको छ ।

नेप्सेसँगै यस साता औषत कारोबार रकम, औषत शेयर संख्या, औषत कारोबार संख्या पनि बढेको छ । यस साता दैनिक औषत कारोबार रकमा ८७ करोड रुपैयाँ बढेको छ । गत साता ५ अर्ब ७९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता ६ अर्ब ६६ करोडको शेयर खरिदबिक्री भएको छ । 

त्यसैगरी, यस साता औषत कारोबार संख्या १०.५९ प्रतिशत बढेको छ भने औषत शेयर संख्या ९.०४ प्रतिशत बढेको छ  । यस साता नेप्सेको कुल बजार पूँजीकरण १ खर्ब ३६ अर्ब रुपैयाँ बढेको छ । गत साता ३९ खर्ब २८ अर्ब रुपैयाँ पुगेको नेप्सेको बजार पूँजीकरण, यस साता ४० खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया