काठमाडौं - मेगा क्यापिटल मार्केट्स लिमिटेडले स्वास्थ्यकर्मीलाई विशेष छुट अफर ल्याएको छ ।
क्यापिटलले कोरोना संक्रमण चलिरहेको अवस्थामा समेत अग्रभागमा खटेर कार्य सम्पादन गरिरहेको स्वास्थ्यकर्मीहरुका लागि क्यापिटलले एउटा विशेष योजना मार्फत सम्बोधन गरेको हो । जसमा मेगा क्यापिटलको पोर्टफोलियो सर्भिसको (PMS) वार्षिक शुल्क (AMC) मा ५०% र Exit मा ५० % छुट ल्याएको छ ।
साथै आफ्नो व्यक्तिगत जीवन भन्दा देशवासी नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरुको स्वास्थ्य सम्वेदनशिलता बुझेर अग्रभागमा खटेर कार्य सम्पादन गरिरहेकोमा मेगा क्यापिटलले साहसी स्वास्थ्यकर्मीहरुलाई विशेष धन्यवाद पनि दिएको छ ।
प्रतिक्रिया