काठमाडौं - नेप्सेका निवर्तमान प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले आफ्ना कार्यकालमा भएका कामहरुलाई अगाडी बढाए मात्र पनि सेयर बजारका लागि निकै फलदायी हुने बताएका छन् ।
नवनियुक्त सीईओ कृष्ण बहादुर कार्कीलाई सुझाव दिदै यस्तो भनेका हुन् । सरकारले नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदमा कृष्ण बहादुर कार्कीलाई नियुक्त गरेको
छ ।
आफु नेप्सेमा छँदै इन्ट्रा डे ट्रेडिङ्ग र अप्सन ट्रेडिङ्ग को कार्यविधि तयार गरिसकेको र अब त्यसलाई संचालक समितिबाट पारित गराएर कार्यान्वन गर्न सकिने बताउँदै अहिले सेयर बजारमा इन्साइडर ट्रेडिङ्ग नराम्ररी मौलाएको र त्यसलाई नियन्त्रण गर्न कुन प्लेयरले कताबाट कसरी प्ले गरिरहेको छ भन्ने थाहा पाउने संयन्त्र नेप्सेसँग भएको र सो संयन्त्रको प्रयोग गरि इन्साइडार ट्रेडिङ्गलाई नियन्त्रण गर्नुपर्ने उनले बताए ।
त्यस्तै क्लब हाउसमार्फत खुलेआम लगानीकर्ताहरुलाई मिसगाइड गर्ने काम भैरहेको हुँदा त्यतातर्फ पनि नेप्सेको ध्यान जानुपर्ने बताउँदै उनले बजारमा व्यक्तिगत लगानीकर्ताहरु धेरै भएकाले संस्थागत लगानीतर्फ जोड दिन स्टक डिलरको रुपमा काम गर्न चाहने कम्पनीहरुलाई फटाफट लाइसेन्स दिनुपर्ने बताए ।
प्रतिक्रिया