हिजो सम्पन्न ग्रीनलाईफ हाइड्रोपावरको साधारण सभाबाट लेखापरिक्षक नियुक्ती गरी पारिश्रमिक अनुमोदन

३ बर्ष अगाडि

काठमाडौं - ग्रीनलाईफ हाइड्रोपावर कम्पनी लिमिटेडको बाह्रौँ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सभा कम्पनीको केन्द्रिय कार्यालय, कमलपोखरी, काठमाडौँमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।

सभामा सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/०७८ को वित्तिय विवरणहरु उपर छलफल गरी पारित गरेको छ । 

यस्तै आर्थिक वर्ष २०७७/०७८ को लागी लेखापरीक्षक छितिज शर्मा एण्ड एशोसिएट्सका लेखापरिक्षक सि।ए। छितिज शर्माको नियुक्ती तथा पारिश्रमिक अनुमोदन गर्ने लगायतका प्रस्तावहरू पारित गरिएका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया