निजी क्षेत्रका बैंकहरुको हिस्सा ८७ प्रतिशत हुुँदा सरकारी बैंक १३ प्रतिशत मात्रै

४ बर्ष अगाडि

काठमाडौं - निजी क्षेत्रका बैंकहरुको हिस्सा बजारमा ८७ प्रतिशत रहेको छ । बाँकी रहेको १३ प्रतिशत हिस्सा मात्र सरकारी बैंकहरुको रहेको छ । 

यसरी निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाको कब्जामा वित्तीय प्रणाली हुँदा सरकारी कार्यक्रमको कार्यान्वयनमा चुनौति थपिएको छ ।  

पछिल्लो एक दशक देखि नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्थाको संख्या घटाउन मर्जर तथा एक्विजीसनको नीति लिएको छ । यो नीतिले बैंकिङ क्षेत्र प्रोफेसनलको हातमा भन्दा पनि ब्यापारीको कब्जामा गएको बताइएको छ । 

मर्जरको नीतिले नेपाली बैंक तथा वित्तीय संस्थाले आयातलाई बढावा दिएको देखिन्छ । मर्जरको नीतिपछि विगतको तुलनामा आन्तरिक उत्पादन बढाउने भन्दा पनि झनै घटाउनेतर्फ उन्मूख रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया