निक्षेपकर्ताको ३५ लाख ६८ हजार रकम सम्बन्धित व्यक्तिलाई नदिई ठगी गर्ने पक्राउ

४ बर्ष अगाडि

काठमाडौं - ३५ लाख ६८ हजार रुपैयाँ ठगी गर्ने एक जना पक्राउ परेका छन् । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले काठमाडौँको कालीमाटीस्थित साइनिङ स्टार सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडमा जम्मा गरेको निक्षेप रकम फिर्ता नदिई ठगी गरेको आरोपमा पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा काठमाडौं स्वयम्भूका ४८ वर्षीय पञ्चमान महर्जन रहेका छन् । ब्यूरोका अनुसार निक्षेपकर्ताको रकम सम्बन्धित व्यक्तिलाई नदिई सो संस्थाका पदाधिकारी एवं सञ्चालकलाई आर्थिक लाभ हुने गरी जग्गा खरिद गरी ठगी गरेकाले सो संस्थाका लेखा समितिका संयोजकसमेत रहेका महर्जनलाई पक्राउ गरिएको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया