एकैदिन कोरोनाबाट १६ जनाको मृत्यु हुँदा ८ हजार बढि संक्रमणमुक्त

४ बर्ष अगाडि

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृृत्यु हुनेको संख्या ११ हजार ७ सय ९४ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोहि अवधिमा थप २ हजार ५ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ७३ जनामा गरिएको नमूना परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

बितेको २४ घण्टामा ८ हजार ४ सय २५ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ५६ हजार ४ सय ५७ जना रहेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया