नेपाली बजारमा ओरा गुड क्याट चाडै सार्वजनिक हुने, रोड टेस्ट सम्पन्न

३ बर्ष अगाडि

काठमाडौँ - ग्रेट वालमोटर नेपालले ईलेक्ट्रिक गाडी ओरा गुड क्याटको रोड टेस्ट सफलतापूर्वक सम्पन्न गरी नेपाली बजारमा आधिकारिक रुपमा सार्वजनिक गर्न तयार भएको छ । 

ओरा गुड क्याटले रोड परीक्षणमा विभिन्न भू–भाग र सडकको अवस्थाहरुमा सराहनीय प्रदर्शन ग¥यो । चाहे ओरालो होस वाउकालो, कालोपत्रे राजमार्ग होस् वाग्राभेल भरिएको अप्ठ्यारो बाटो, यो गाडीले सबैतिर उत्तिकै उत्कृष्ट प्रदर्शन गरेको छ । 

जुन बाटोमा यही सेग्मेन्टका गाडीहरु चलाउन गाह्रो हुन्थ्यो, त्यहाँ ओराले ब्याट्रीको स्तर घट्ने तनाव र बिना चालकको सीटमा बसेका व्यक्तिहरुलाई सहज सवारीको अनुभव प्रदान गर्ने छ ।

सबै बाटोमा ओरा गुड क्याटकोसुन्दर बनावटले सजिलै मानिसहरुको ध्यान आफू तर्फ तान्न सफल भएको छ । अत्याधुनिक प्रविधि र वातावरणीय चेतनाको सन्दर्भमा ग्रेट वालमोटरलाई अगाडी बढाउन यो पक्ष सबैभन्दा महत्वपूर्ण हुन सक्छ ।

ओरा गुड क्याट सहर, राजमार्ग र अप्ठ्यारो भू–भागमापनि ड्राइभिङका लागि उपयुक्त रहेको छ र लामो ड्राइभिङ अनुभव पछि विश्वसनयिता र योग्य कन्फिगरेसनको साथ आफूलाई उत्कृष्ट सावित गरेको छ । 

यो आफ्नो फेसनेवल उपस्थितिको कारण बाटोमा जोसुकैलाई पनि यस गाडी प्रति जिज्ञासु बनाउन सफल भएको छ । यस गाडीले शहरमा ड्राइभिङगर्दा सहज प्रणाली मार्फत सहयोग गर्दछ र राजमार्गमा आवश्यकता अनुसार धेरै छिटो प्रतिक्रिया देखाउँछ ।

ओरा गुड क्याट 
ओरा गुड क्याट जर्मनी, अस्ट्रिया, संयुक्त राज्य अमेरिका, जापान र दक्षिण कोरियाका विज्ञहरू सहित विश्वव्यापी टोलीहरुद्धारा राम्रोसँग डिजाइन र विकास गरिएको हो । यसले रेट्रो फ्युचरिस्टिक डिजाइन र स्मार्ट ड्राइभिङ प्रविधिहरूलाई पूर्ण रुपमा एकीकृत गर्दछ ।
 
ग्रेटवालमोटर थाईल्याण्डले मात्रै प्रि–सेल भएको ४८ घण्टाभित्र ओरा गुड क्याटको लागि ६००० भन्दा बढी अर्डरहरू प्राप्त गरेको छ । त्यस कारण ओरा गुड क्याट नेपालमा राम्रोसँग रुचाइने र ग्राहकहरुको आवश्यकता अनुसारको हुने विश्वास कम्पनीले राखेको छ । 

ग्रेटवालमोटरको बारेमा 
ग्रेट वालमोटर नेपालले हाभलएच६, हाभलजोलायन र पोअर जस्ता ग्लोवलमोडेलहरुका साथ नेपालमा आफ्नो उपस्थितिलाई स्थापित गरेको छ । साथै नेपालको ईलेक्ट्रिक भेहिकलको भविष्यमा ओरा इलेक्ट्रिक सँगै भावी पुस्ताको अटो मोटिभ चाहनालाई बढावा दिने वाचा गर्दछ । 

भि।जी। इम्पेक्स नेपालमा ग्रेट वालमोटरको आधिकारिक आयातकर्ता हो । वर्षौंदेखि चीनका साथै विश्वको ६० भन्दा बढी राष्ट्रहरुमा अत्याधिक सफलताको आनन्द लिएपछि भि।जी। इम्पेक्स÷ग्रेट वालमोटर नेपालले यो लोकप्रिय इलेक्ट्रिक गाडी नेपाल ल्याउन सफल भएको छ । 

ग्रेट वालमोटर नेपालले आफ्ना बिक्री र बिक्री पछिको स्तरीय सेवाहरुलाई पनि निरन्तर स्तरोन्नति गर्दै देशव्यापी नयाँ बिक्री केन्द्रहरु थप्दै सेवा सुविधाहरुमा वृद्धि ल्याइरहेको छ । कम्पनीले उपभोक्ताहरुलाई नयाँ र वृहत सेवाहरु प्रदानगर्ने र नेपालको इलेक्ट्रिक भेहिकलइकोसिस्टमलाई अगाडि बढाउनमा केन्द्रित रहेको छ । 

विश्वव्यापी बजार अनुसार ग्रेट वालमोटर अग्रपंक्तिमा रहन अग्रसर छ । २०२५ सम्ममाविश्वबजारमा ४० लाख सवारी साधन बिक्रीगर्ने लक्ष्यलाई पछ्याउँदै यो कम्पनी आफ्नो बिक्रीको ८० प्रतिशत भन्दा बढी हिस्सा नयाँ उर्जाका सवारी साधनहको हुने अपेक्षा राखेको छ । 

 

३ बर्ष अगाडि

प्रतिक्रिया