काठमाडौं - कर्णाली डेभलपमेन्ट बैंकले १७औं वार्षिक साधारण सभा फागुन २० गते बोलाएको छ ।
माघ १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको नियर्णय अनुसार कल्पतरु होटल नेपालगञ्जमा दिउँसो १ बजे भर्चुअल माध्यमबाट हुनेछ ।
सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ २८ गतेदेखि फागुन २० गतेसम्म बुक क्लोज गर्ने जानकारी गराएको छ । त्यसैले माघ २७ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन पाउनेछन् ।
प्रतिक्रिया