देशभर ४० स्थानमा हुन्डाईको चार्जिङ स्टेशन, १२ डिलर र १८ सर्भिस सेन्टरबाट ग्राहकलाई सेवा

३ बर्ष अगाडि

काठमाडौं - नेपालकालागि हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले इलेक्ट्रिक भेहिकलको चार्जिङ स्टेशन व्यापक विस्तार गर्ने भएको छ । कम्पनीले नेपालको सबै स्थानलाई समेट्नेगरी अहिलेसम्म देशका विभिन्न ४० स्थानमाचार्जिङ स्टेशन स्थापना गरिसकेको छ । 

कम्पनीले विक्री गर्ने विद्युतीय कारको बढ्दो माग सँगै लक्ष्मी इन्टरकन्टिनेन्टलले इलेक्ट्रीक सवारी साधनको लागि आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर काम गरिरहेको छ । 

हुन्डाईको इलेक्ट्रीक गाडी चढ्ने ग्राहकहरुलाई उत्कृष्ट अनुभव प्रदान गर्न र लामो दुरीको यात्रा पनि इलेक्ट्रीकमा गर्न सक्ने बनाउन देशका विभिन्न स्थानमा चार्जिङ स्टेशनहरु स्थापना गर्दै आएको हो ।

 

नेपालको सबै हाइवे र स्थानीय रुटहरुमा पेट्रोल पम्पको एथेस्ट उपलब्धता भएता पनि इभीचार्जिङ पोइन्ट नभएकोले नै कम्पनीले क्रमिक रुपमा चार्जिङ नेटवर्क विस्तार गर्दै गएको हो । 

हुन्डाईले स्थापना गरेका यी नयाँ चार्जिङ स्टेशनले चालकहरुलाई ढुक्क भएर यात्रा गर्न सहयोग पुग्ने विश्वास लिएको छ । हुन्डाईका चार्जिङ स्टेशनहरु मोवाइल फोन चार्ज गरे जतिकै सजिलो सँग गाडी चार्ज गर्न सकिन्छ । हुन्डाईले पहिलो चरणको ४० चार्जिङ स्टेशन निर्माण सकेकोले निकट भविष्यमै अरु नयाँ स्थानमा पनि चार्जिङ स्टेशन विस्तार गर्ने लक्ष्य लिएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलको अहिले देशका प्रमुख शहरहरुमा १२ वटा डिलर तथा १८ वटा सर्भिस सेन्टरबाट ग्राहकलाई सेवा दिइरहेको छ । हुन्डाई मोटर्स विश्वको टप ५ अटो मोवाइल उत्पादक मध्यम हो । कम्पनीले उत्कृष्ट क्वालीटीको भेहिकल बनाउदै विश्वका करौडौ ग्राहकहरुको मन जीत्न सफल भएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया