काठमाडौं - प्रिमियर इन्स्योरेन्स कम्पनीको २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा भर्चअल माध्यमबाट सम्पन्न भएको हो ।
सभाले हालको चुक्ता पूँजीको १४.२५ प्रतिशतले बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ । त्यस्तै बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७५ प्रतिशतले नगद लाभांश वितरण गर्ने सामान्य प्रस्ताव पनि पारित गरेको छ ।
यस्तै सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाव वासलात तथा नगद प्रवाह विवरणको सामान्य प्रस्ताव पनि पारित भएको छ ।
कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को पनि हालकै लेखापरीकलाई निरन्तरता दिने प्रस्ताव पनि पारित गरिएको छ । लेखापरीक्षकको पारिश्रमिक तीन लाख ३० हजार रुपैयाँ दिने प्रस्ताव पनि पारित गरिएको छ ।
प्रतिक्रिया