काठमाडौं - एशियन लाइफ इन्स्योरेन्सका निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजेश कुमार श्रेष्ठले वार्षिक तलब भत्ता तथा अन्य सुविधा बापत ९६ लाख ४ हजार रुपैयाँ लिएका छन् ।
उनले आर्थिक वर्ष २०७६/७७ मा उक्त तलब सुविधा लिएका हुन् हो । उनि २०७७ साउन २० गते दोस्रो कार्यकाल पुरा गरेर बाहिरिएका थिए । श्रेष्ठले वार्षिक तलब तथा अलाउन्सेस बापत ७१ लाख ९६ हजार रुपैयाँ बुझेका थिए ।
यस बाहेक उनले ७ लाख ८१ हजार ५८० रुपैयाँ इन्सेन्टिभ र विविध सुविधा बापत १६ लाख २६ हजार ७२० रुपैयाँ प्राप्त गरेका थिए । यस बाहेक उनले बोनश ऐन अनुसार मुनाफाबाट बोनश रकम पनि प्राप्त गरेका छन् ।
हाल कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा दिनेश लाल श्रेष्ठ रहेका छन् । उनि २०७७ माघ एक गतेदेखि प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्दै आएका छन् ।
प्रतिक्रिया