म्यानपावर कम्पनीहरूको स्तर निर्धारण गरी वर्गीकरण गरिने

३ बर्ष अगाडि

काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर कम्पनीलाई वर्गीकरण गर्ने तयारी गरेको छ । 

मन्त्रालयले म्यानपावर कम्पनीहरूको मापदण्ड बनाई उनीहरूको स्तर निर्धारण गरी वर्गीकरण गर्ने बताएको छ । कार्यविधि र मापदण्ड तय गर्न मन्त्रालयले बिहीबार सहसचिव राजिव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

कार्यदलमा वैदेशिक रोजगार कार्यालयका प्रमुख, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक तथा म्यानपावर कम्पनीका प्रतिनिधि सदस्य रहने मन्त्रालयले जनाएको छ । 

कार्यदलले म्यानपावर कम्पनीलाई विभिन्न समूहमा वर्गीकरण गर्न मापदण्ड तथा सुचकहरु तयार गर्ने बताइएको छ । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया