६ महिनामा ३७.३३ प्रतिशत नाफा घटेको सपोर्ट लघुवित्तको चुक्ता पूँजी ३० प्रतिशत, प्रतिशेयर आम्दानी कति ?

३ बर्ष अगाडि

काठमाडौं - सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनासम्म आइपुग्दा ९९ लाख ७ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.३३ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ११.८३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३७.३३ प्रतिशत घटेको छ । त्यसैगरी, समीक्षा अवधिमा अन्य सञ्चालन आम्दानी २३.१३ प्रतिशत घटेको छ भने कुल सञ्चालन आम्दानी १३.५८ प्रतिशत घटेको छ ।

खुद नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४७ रुपैयाँ ९० पैसा रहेको कम्पनीको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २४ रुपैयाँ ८१ पैसा घटेर २३ रुपैयाँ ९ पैसा पुगेको छ । 

उक्त अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ८८.१२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ २९ पैसा रहेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ३० प्रतिशत बढेको छ भने जगेडा कोष ७.११ प्रतिशत बढेको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया