काठमाडौं - काठमाडौं उपत्यकाका फूल्चोकी, शिवपुरी, चन्द्रागिरीलगायतका स्थानमा हल्का हिमपात भएको छ ।
गएरातिदेखिको वर्षाले काठमाडौंको उत्तरस्थित शिवपुरी डाँडालगाएतका स्थानमा हिउँ परेको हो । उपत्यकाका आसपासका डाँडामा अहिले हिउँले सेताम्मे देखिएका छन् ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै स्थानहरुमा मेघ गर्जन, चट्याङ र असिना सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसले गर्दा अहिले देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षा भइरहेको छ ।
प्रतिक्रिया