लोकसेवा आयोगको स्थगित लिखित परीक्षा फागुन ६ बाट

४ बर्ष अगाडि

काठमाडौं - कोरोना भाइरसका कारण स्थगित लिखित परीक्षाहरु लोकसेवा आयोगले फागुन ६ गतेदेखि सञ्चालन गर्ने भएको छ। 

आयोगले सूचना निकालेर स्थगित लिखित परीक्षाहरु सञ्चालनको तालिका प्रकाशित गरेको हो । यसअघि आयोगले निर्धारित परीक्षाहरु कोरोनाका कारण स्थगित गरेको थियो । 

आयोगले उपसचिव वा सोसरह, शाखा अधिकृत वा सोसरह, स्वास्थ्य सेवातर्फ सातौँ, आठौँ र नवौँ तहको विभिन्न पदका लिखित परीक्षाहरु फागुन ६ गतेदेखि सञ्चालन गरिने जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया