काठमाडौं - सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्ट लिमिटेड तथा सर्वोत्तम स्टिल लिमिटेडले आफ्ना ठेकदारहरूलाई लक्षित गर्दै एक प्राविधिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम मार्फत कम्पनीले “सर्वोत्तमको न्यानो सौगात”नामक योजनाको सुरुवात गरेको छ । कम्पनीका भाइस–प्रेसिडेन्ट् सुवास पाण्डेका अनुसार यस योजना अन्तर्गत अब ठेकेदारहरूले आफ्नो साइट रजिस्टर गराए बापत सर्वोत्तम स्टुलको तर्फबाट ट्रयाक–सुट उपहार तथा सर्वोत्तम सिमेन्टको तर्फबाट ट्रयाक–सुटका साथै कुनै पनि किसिमका दुर्घटना विरुद्ध रु। ७ लाखको बीमाको सुविधा पाउने छन् ।
सुरुवातमा काठमाडौं, ललितपुर र भक्तपुरका १००० ठेकेदारहरूको लागि बीमा सुविधा प्रदान गराउने लक्ष्य लिएको कम्पनीले जनाएको छ । साथै, सोही कार्यक्रममा कम्पनीका प्रोजेक्ट हेड ई। अभिषेक झा द्वारा घर बनाउँदा सिमेन्ट र डण्डीको प्रयोग प्राविधिक रुपमा कसरी गर्दा भुकम्प प्रतिरोधात्मक हुन्छ र सिमेन्टको प्रयोग प्राविधक रुपमा उपयुक्त तरिकाले कसरी गर्दा सिमेन्टको खपत कम हुन जान्छ भन्ने बारेमा जानकारी प्रदान गराइएको थियो ।
सर्वोत्तम सिमेन्टको बारेमा
सर्वोत्तम सिमेन्ट अत्याधुनिक यूरोपियन भि.आर.एम. प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो सिमेन्ट उद्योग हो । आइ.एस.ओ. ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण–मैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ४३ ग्रेड र ५३ ग्रेडमा ग्रीन सर्वोत्तम ओ.पि.सि र सौरभ ग्रिनपि।पि।सि नामक ग्राण्डका सिमेन्टहरू नेपालभर सर्वत्र बिक्री वितरण गरिरहेको छ ।
यसरी ओ.पि.सि. ४३ र ५३ ग्रेड का साथै पि।पि।सि। सिमेन्टको पनि उत्पादन तथा बिक्री वितरण गर्ने यो एक मात्र सिमेन्ट कम्पनी हो । यस उद्योगद्वारा उत्पादित सिमेन्टको मसिनो पन प्रतिग्राहक ४५०० से।मि।२ सम्म रहेको छ ।
साथै आफ्नै स्टिम इन्जिनबाट विद्युत उत्पादन गरी सिमेन्टको गुणस्तरमा एकरूपता प्रदान गर्न कम्पनीले नेपालमै पहिलो पटक एक्स–रे डिफ्राक्सन मेसिनको प्रयोग गर्दै आएको छ । आफ्नो स्थापनाको केही समयमा नै उत्कृष्ट उत्पादन तथा गुणस्तर पस्कँदै धेरै भन्दा धेरै सिमेन्ट उपभोक्ताको विश्वास जित्न सफल सर्वोत्तम सिमेन्टको उद्योगको उत्पादन क्षमता ७०,००० बोरा रहेको छ ।
पहिलो रोजाइ
देशका महत्वपूर्ण आधार स्तम्भहरू अनि ठूला–ठूला परियोजनाहरू तथा गौरवशाली आयोजनाहरू लगायत विशाल पूल, बाँध, हाइड्रोपावर, धावनमार्ग देखि हाउजिङ्ग कम्पनीहरूमा समेत सर्वोत्तम सिमेन्ट पहिलो रोजाइमा पर्दै उपयोग हुँदै आएको छ ।
यसैगरी, सर्वोत्तम स्टिल Fe500 फलामे डण्डी नयाँ जमानाको यस्तो फलामे डन्डी हो जसले सर्वोत्तम लचकता तथा मजबूतीलाई समान रुपमा प्रस्तुत गरेको छ । यो फलामे डन्डी आफ्नो डायमण्ड रिबका कारण अन्य फलामे डन्डी भन्दा निकै फरक छ ।
यस किसिमको अतुलनीय विशेषता यस फलामे डण्डीले नेपालमै पहिलो पटक प्रस्तुत गरेको छ । आफ्नो यही अद्भुतडायमण्ड रिबका कारण यसले अन्य फलामे डण्डीको तुलनामा कंक्रिटसँग ६० प्रतिशत बढी पकड शक्ति प्रदान गर्छ । नेपालमा उपलब्ध Fe500 ग्रेडका फलामे डण्डीहरुको गुणस्तरलाई एक नयाँ आयाम दिने यात्रा प्रारम्भ गर्दै यो फलामे डन्डी अहिले नेपालभर बिक्री वितरण भइरहेको छ ।
प्रतिक्रिया