६ महिनासम्म आइपुग्दा सूर्योदय लघुवित्त ४४४.९० प्रतिशतले वृद्धि, ईपीएस कति ?

४ बर्ष अगाडि

काठमाडौं - सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनासम्म आइपुग्दा ६ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । 

वित्तीय विवरण अनुसार उक्त नाफा गत वर्षको यही अवधिको तुलनामा ४४४.९० प्रतिशतले बढी हो । गत वर्ष यही अवधिमा संस्थाको खुद नाफा १ करोड १८ लाख रुपैयाँमा सीमित थियो । 

यो अवधिमा कम्पनीको सञ्चालन मुनाफा पनि उल्लेख्य वृद्धि भएर ४ करोड १० लाख रुपैयाँ भएको छ । गत वर्ष यही अवधिमा यस्तो मुनाफा ४७ लाख ३७ हजार रुपैयाँमा सीमित थियो । 

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने १७९.७१ प्रतिशतले बढेर १६ करोड १९ लाख रुपैयाँ भएको छ । गत वर्ष यही अवधिमा यस्तो आम्दानी ५ करोड ७८ लाख रुपैयाँमा सीमित थियो ।

यस्तै कम्पनीको वार्षि प्रतिसेयर आम्दानी (ईपीएस) ४३.३१ रुपैयाँ, पीई रेसियो ३९.५५ गुणा र प्रतिसेयर नेटवर्थ १६५.७९ रुपैयाँ रहेको छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया