सानिमा माई हाइड्रोपावरको ईपीएस बढ्यो, नाफा ३७ करोड १४ लाख बढी

३ बर्ष अगाडि

काठमाडौं - सानिमा माई हाइड्रोपावर लिमिटेडले ६ महिनासम्म आइपुग्दा ३७ करोड १४ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार गत वर्ष यही अवधिमा पनि कम्पनीले २१ करोड ४८ लाख रुपैयाँ घाटा व्यहोरेको थियो । यो हिसाबले समीक्षा अवधिमा कम्पनीको नाफा १७.९९ प्रतिशतले बढेको छ । 

यो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ५७ करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन गत वर्षको यही अवधिको तुलनामा ५।४९ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिमा कम्पनीले ५४ करोड ६५ लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको थियो । 

चुक्तापुँजी ३ अर्ब ८ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ २७.९२ प्रतिशतले बढेर ७४ करोड २७ लाख रुपैयाँको उचाइमा पुगेको छ । गत वर्ष यही अवधिमा पनि रिटेन्ड अर्निङ ५८ करोड ६ लाख रुपैयाँ रहेको थियो । 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १२.०२ रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा ईपीएस ११.२१ रुपैयाँ रहेको थियो । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया