प्रतिसेयर आम्दानी २० रुपैयाँ ७१ पैसा रहेको रैराङ हाइड्रोपावरले ६ महिनासम्म आइपुग्दा कति कमायो नाफा ?

३ बर्ष अगाडि

काठमाडौं - रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ६ महिनासम्म आइपुग्दा ५ करोड ७९ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार उक्त नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ११.९१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ५ करोड १८ लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यसैगरी, दोश्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले बिजुली बेचेर १५ करोड ९९ लाख २७ हजार रूपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर १४ करोड ३९ लाख ९६ हजार रुपैयाँ आम्दानी गरेको थियो । 

समिक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा बढेर १४ करोड ३४ लाख ७३ हजार रूपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको सञ्चालन मुनाफा १२ करोड ४१ लााख २५ हजार रूपैयाँ रहेको थियो । 

त्यस्तै, कम्पनीको चुक्ता पूँजी ५६ करोड रुपैयाँ र जगेडा कोषमा ६ करोड ८ लाख ९५ हजार रूपैयाँ रहेको छ । दोस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी २० रुपैयाँ ७१ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि ११० रुपैयाँ ८७ पैसा पुगेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात २७.१८ गुणा रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया